काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ११ः ३० बस्ने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।
