फरक क्षमताका व्यवसायी एनिलराज : जो लोकसेवा भिडेर शिक्षक बन्न चाहन्छन् !

लाइसेन्स छैन, स्कुटर चलाउँछन् : समस्या पर्दा यातायातले दिएको पत्रबाट काम चलाउँछन् !

आजको प्रतिस्पर्धी समाजमा रोजगारी पाउन फलामको चिउरा चपाउन जत्तिकै गाह्रो र साह्रो छ । हातमा सीप र पढाइमा जत्तिकै अब्बल भए पनि बहुसंख्यकका लागि रोजगारी पाउनु भनेको निक्कै कठिन कुरा हो । अझ त्यसमाथि थप, भिन्न क्षमता भएका व्यक्तिहरुका लागि त यो कुरा झनै दुरुह र कठिन बन्न पुग्छ । यस्तो अवस्थामा धेरै जना निराशा र कुण्ठामा डुब्न पुग्छन् । थोरै मानिसहरुमात्रै यस्ता हुन्छन्, जसले परिस्थितिको दास भई दुःखी बनेर बस्ने हैन, परिस्थितिले सिर्जना गरेका चुनौतीहरुलाई स्वीकारेर आफूलाई अब्बल साबित गर्दै अघि बढ्ने हिम्मत देखाउने गर्छन् । त्यस्तै एकजना हिम्मतिला युवाको नाम हो –एनिलराज उप्रेती ।

सिनामंगलका ३० वर्षीय एनिलराज उप्रेतीले स्नातक तह पास गरेका छन् । यो उनको औपचारिक अध्ययनको डिग्री हो । उक्त अध्ययनपश्चात उनले रोजगारी खोज्दै थुप्रै होटल, उद्योग र विभिन्न कार्यालयमा धेरै पटक धाए । तर, उनलाई फरक क्षमता भएकै कारण जागिर दिन कोही पनि तयार भएनन् । समाजमा केही गरेर देखाउँछु तथा जीविकोपार्जन गरेर आफ्नो खुट्टामा आफैं खडा भई देखाउँछु भन्ने आत्मविश्वासका साथ जागिरको खोजीमा ठाउँठाउँमा धाउँदा पनि उनलाई निराशा मात्रै हात लागिरह्यो ।

एनिलराज सुन्न र बोल्न सक्दैनन् । यही श्रवण शक्ति र आवाज नभएकै कारण अध्ययन गर्ने क्रममा होस् वा जागिर खोज्ने क्रममा, धेरै पटक उनको आत्मसम्मानमा ठेस लाग्ने व्यवहार भोगिसकेका छन् । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैंन’ भन्ने उक्तिलाई एनिलराजले व्यवहारमा लागू गरेका छन् ।

उनलाई रोजगारी प्रदान गर्न कोही पनि तयार नभएपछि केही समय त उनी अवश्य पनि निराश भए तर पलायन हुन उनको मनले मानेन । त्यही कारण नै पनि फरक क्षमता भएकै कारण सघर्षसँग डराउँन हुँदैन, अरुको भर परेर हुँदैन, आफ्नै बलबुँतामा केही गर्नपर्छ भन्ने भावना उनको मनमा पलायो । त्यही भावनाका कारण ०७२ सालमा सिंनामगंलमै किराना पसल चलाउन सुरु गरे ।

शुरु शुरुमा पसलमा आउने सबै ग्राहकलाई उप्रेती भिन्न क्षमता भएका व्यक्ति हुन्, उनी बोल्न र सुन्न सक्दैनन् भन्ने थाहा हुँदैनथ्यो । त्यसैले ग्राहक बोलेको कुरा उनले बुझ्दैन थिए । उनका लागि मुख्य समस्या नै ग्राहकसँगको संवाद थियो । त्यसैले शुरु शुरुमा ग्राहकहरु रिसाएर फर्किने गरेको अनुभव उनीसँग धेरै छन् । तर उनको अवस्था थाहा पाएपछि चाहिँ ग्राहकहरुले उनको सत्कर्मको प्रशंसा गर्थे, उप्रेतीप्रति मायालु व्यवहार प्रदर्शन गर्थे ।

पसल त खोले तर सोचे जस्तो सजिलो भने थिएन । शुरु शुरुमा पसलमा आउने सबै ग्राहकलाई उप्रेती भिन्न क्षमता भएका व्यक्ति हुन्, उनी बोल्न र सुन्न सक्दैनन् भन्ने थाहा हुँदैनथ्यो । त्यसैले ग्राहक बोलेको कुरा उनले बुझ्दैन थिए । उनका लागि मुख्य समस्या नै ग्राहकसँगको संवाद थियो । त्यसैले शुरु शुरुमा ग्राहकहरु रिसाएर फर्किने गरेको अनुभव उनीसँग धेरै छन् । तर उनको अवस्था थाहा पाएपछि चाहिँ ग्राहकहरुले उनको सत्कर्मको प्रशंसा गर्थे, उप्रेतीप्रति मायालु व्यवहार प्रदर्शन गर्थे । उनले बोल्न र सुन्न सक्दैन् भनेर थाहा पाउने ग्राहकहरुले गरेको सद्भावपूर्ण व्यवहार सम्झँदा अझै पनि उनको मन उत्साहले प्रफुल्ल हुन्छ । साँच्चै भन्ने हो भने त्यसैबाट उत्पन्न आत्मबलले पनि उनलाई जिन्दगीको यो संघर्षमय यात्रामा अथक ढंगले अघि बढ्ने आशा पनि जाग्छ ।

फरक क्षमता भएका व्यक्तिलाई सकारात्मक व्यवहार गरे सपाङ्ग भन्दा पनि व्यवस्थित ढङ्गले चुनौतिको सामना गर्न तयार हुन्छन् भन्ने उदाहरण पेश गर्ने मध्येका एक हुन एनिलराज । पसलमा बिक्रीका लागि चाहिने सामान उनी आफै ठाउँठाउँमा पुगेर खरिद गर्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर उनी आफू स्कुटर चलाउन गर्छन् ।

‘स्कुटर चलाउँदा केही समस्या पदैन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘अहिलेसम्म राम्रोसँग चलाएको छु । मलाई स्कुटी चलाउनलाई कुनै समस्या छैन ।’ प्रशंसायोग्य कुरा त के छ भने परिवारका सदस्य बहिनीहरु आमालाई घरबाहिर कतै जानुपर्‍यो भने उनी आफै पुर्‍याइदिने ल्याउँने समेत गर्छन् ।

फरक क्षमताका भए पनि अन्य व्यक्ति सरह स्कुटर चलाउने उनमा भरपूर क्षमता थियो । तर ‘सुन्ने र बोल्ने क्षमता नभएको’ जनाउँदै उनलाई सवारी चालक अनुमती पत्र दिइएन । उनले सामान्य मानिसले सरह स्कुटर चलाउन सक्ने आफ्नो क्षमता यातायात कार्यालयका कर्मचारी माझ प्रदर्शन गरेर आत्मविश्वास दिलाए । बल्लतल्ल यातयात कार्यालयले उनलाई एउटा पत्र लेखेर दियो ।

विगतमा लाइसेन्स नहुँना विगतमा केही समय गाह्रो भएको स्मरण गर्छन् एनिलराज उप्रेती । लाइसेन्स नभइकन सवारी चलाउन नियमतः नमिल्ने भएकोले उनी सवारी चालक प्रमाणपत्र बनाउनका लागि यातयात कार्यालय गए । फरक क्षमताका भए पनि अन्य व्यक्ति सरह स्कुटर चलाउने उनमा भरपूर क्षमता थियो । तर ‘सुन्ने र बोल्ने क्षमता नभएको’ जनाउँदै उनलाई सवारी चालक अनुमती पत्र दिइएन । उनले सामान्य मानिसले सरह स्कुटर चलाउन सक्ने आफ्नो क्षमता यातायात कार्यालयका कर्मचारी माझ प्रदर्शन गरेर आत्मविश्वास दिलाए । बल्लतल्ल यातयात कार्यालयले उनलाई एउटा पत्र लेखेर दियो । अहिले पनिस्कुटर चलाउँदा ट्राफिक प्रहरीलाई देखाउन परेमा र अन्य समस्या सृजना भएमा एनिलराज त्यही पत्र देखाएर काम चलाउँछन् ।

मरेको छैन जागिर खाने रहर

आजभोलि उनी व्यवसायमा रमेका छन्, जमेका छन् । तर अझै पनि उनमा जागिर खाएर कार्यालयमा काम गर्ने रहर भने मेटिएको छैन । पहिले फरक क्षमता भएकै कारण निजी क्षेत्रका संस्था एवं कार्यालयहरुमा जागिर खानबाट बञ्चित बनेको उनी अहिले लोकसेवा भिडेर सरकारी जागिर खाने योजना बुनिरहेका छन् । यतिखेर उनको ध्याउन्न फरक क्षमता भएका मानिसलाई अध्यापन गराउने रहेको छ । त्यसका लागि उनले शिक्षक लाइसेन्सको लागि तयारी गरिरहेका छन् । लोकसेवा परीक्षामार्फत शिक्षक बन्ने उद्देश्य बोकेका उनले यतिखेर आफ्नो अध्ययनलाई पनि निरन्तरता दिएका छन् ।

फरक क्षमता भएका व्यक्ति कोरोनाका बारेमा अनभिज्ञ छन् ।

कान नसुन्ने, बोल्न नसक्ने र अन्य फरक क्षमता भएका व्यक्तिको पहुँच इन्टरनेट, टिभि तथा अन्य संञ्चारका माध्यममा कम हुने गर्छन् । यस्तो अवस्थामा यस वर्गका मानिसहरुमा कोरोना संक्रमणको बारेमा जानकारी न्यून हुने गरेको उनको ठम्याइ छ । अहिलेको परिस्थितिमा फरक क्षमता भएका धेरै व्यक्तिहरुले पनि काम तथा व्यापारव्यवसाय गुमाएका छन् । यस्तो स्थितिमा राज्यले फरक क्षमता भएका व्यक्तिलाई विशेष चासो दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कोरोनाभाइरसले निम्ताएको विषम परिस्थितिका बारेमा उनी जानकार र सचेत छन् । तर फरक क्षमता भएका व्यक्तिलाई कोभिड संक्रमणको पहिचान र त्यसबाट बच्ने उपायका बारेमा जनचेतनामुलक कार्यक्रमको अभाव भएको उनको बुझाइ छ । उनका अनुसार कान नसुन्ने, बोल्न नसक्ने र अन्य फरक क्षमता भएका व्यक्तिको पहुँच इन्टरनेट, टिभि तथा अन्य संञ्चारका माध्यममा कम हुने गर्छन् । यस्तो अवस्थामा यस वर्गका मानिसहरुमा कोरोना संक्रमणको बारेमा जानकारी न्यून हुने गरेको उनको ठम्याइ छ । अहिलेको परिस्थितिमा फरक क्षमता भएका धेरै व्यक्तिहरुले पनि काम तथा व्यापारव्यवसाय गुमाएका छन् । यस्तो स्थितिमा राज्यले फरक क्षमता भएका व्यक्तिलाई विशेष चासो दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सरकारी तथा गैरसरकारी संस्थाहरुले फरक क्षमता भएका व्यक्तिहरुका लागि बहस पैरवी गरे पनि व्यवाहारिक रुपमा त्यो खासै उपलब्धिमूलक हुन नसकिएरहेको उनको बुझाइ छ । अहिलेको परिवर्तित समाजमा फरक क्षमता भएका व्यक्तिलाई अध्ययन र सिप सिकाइका लागि नयाँ नयाँ प्रविधिको विकास भएको छ । तर नेपालमा फरक क्षमता भएका बहुसंख्यक व्यक्तिहरुले व्रेललिपी, साङ्केतिक भाषा मार्फत अध्ययन गर्नबाट नै पनि बञ्चित भएको उनको गुनासो छ ।

मुलुकका अधिकांश विद्यालयहरुमा अपाङ्गमैत्री सहज वातारणमा शिक्षा प्रदान गर्ने शैली र भवन नभएकाले फरक क्षमता भएका व्यक्तिहरु पढाइबाट बञ्चित हुनुपरिरहेको उनको बुझाइ छ । यसबाहेक, उनीहरु आर्थिक, पारिवारिक, सामाजिक रुपमा अभाव र दवावकावीच बाँच्न विवस भएको पनि उनको गुनासो छ । सामान्य मानिसको तुलनामा फरक क्षमता भएका व्यक्तिलाई थप माया, सद्भाव, हौसलाको खाँचो पर्ने उनको भनाइ छ ।

केही सबल व्यक्तिहरु समेत उदेश्य अनुरुप अगाडि बढ्न नसक्दा निरास, हतास हुने गरेका धेरै उदारहणहरु छन् । तर, एनिलराज जीवनमा जस्तोसुकै बाधा आए पनि आप्mनो लक्ष्यमा अडिक भएर निरन्तर लागिपरेका छन् । यस अर्थमा उनी फरक क्षमता भएका व्यक्तिहरुका लागि मात्रै हैन, आम मानिसहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सफल भएका छन् ।

एक पटक पढ्नुहोस