काभ्रे । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेको अध्यक्षमा मेरो टेलर्स बनेपाका संजिव विक्रम थापा चयन भएका छन । शुक्रबार काभ्रेको बनेपामा सम्पन्न अधिवेसनले थापालाई अध्यक्षमा चयन गरेको हो । थापा व्यवसायिक मात्रै नभइ सामाजिक काममा रमाउँदै आएका ३१ वर्षिय थापा दोस्रो साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिदै संघलाई व्यवसायिक रुपमा अगाडी बढाउँदै लैजाने र व्यवसायलाई अझै मर्यादित बनाउँदै लैजाने जिम्मेवारी थपिएकाले सबैको सहकार्यमा योजना बनाएर काम गर्दै जाने बताए । संघको साधारणसभाले उपाध्यक्षमा सुर्य थापा, सचिवमा गंगा तामाङ, कोषाध्यक्षमा मन श्रेष्ठ, सदस्यहरुमा रमेशकुमार नेपाली, प्रदिपकुमार प्रजापती,राज परियार,ताहिर आलम,राजकुमार जैरू,सुदिपराज रेग्मी,सुजेन्द्र परियार, बिनोद परियार, विष्णुकेशरी श्रेष्ठ, लुकमान अन्सारी प्रमिला केसी, सञ्जु जोशी, प्रमिला श्रेष्ठ र स्वस्तिका खड्का चयन भएका छन ।
निर्वाचित कार्यसमितीलाई कार्यक्रमका प्रमुख अतिथी रामकृष्ण श्रेष्ठ,अतिथीहरु जित श्रेष्ठ, महेश कायस्थ, सानुकाजी थापा, सबरत्न गोसाइ, निर्वमान अध्यक्ष रघुनाथ कपाली लगायतले शुभकामना व्यक्त गरेका थिए । संघमा १ सय २० भन्दा बढि व्यवसायिहरु आवद्ध छन ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेमा थापा
Prev Post
एक पटक पढ्नुहोस