After header

महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । २०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका थुप्रै मागहरू पुरा नभएको कारण त्यसबारे सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको महतो निकट एक नेताले जानकारी दिए ।

फागुन १६ गते सम्झौता स्मरण गराउनका लागि प्रदर्शन गर्ने, त्यसपछि चैत ६ गते थप वृहत् प्रदर्शन गर्ने ती नेताले बताए । उनले भने, ‘चैत ६ गतेदेखि जनआन्दोलन सुरु भएको दिनमा आन्दोलनको सुरुवात गर्ने भनेर हामीले त्यही दिनलाई चयन गरेका हौँ ।’ लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा नेता महतो लागेका हुन् ।

एक पटक पढ्नुहोस