लघुकथा :
—गोपाल प्रसाद थपलिया
रजनी एक कक्षाबाट तीन ! तीनबाट पाँच ! पाँचबाट एकैचोटी सात कक्षामा पुगिन ! पिछडीएको गाउँठाउँमा रजनी पिछडिएको दलित परिवारबाट पढाईमा उत्कृष्ठ हुँदै जानुमा उनको मेहनत नै थियो ! त्यसै गाउँका कृणध्वज, आफै पनि दलित,उनले रजनीलाई आर्थिक देखि सबै किसिमका सहयोग गर्थ्ये ताकि दलितहरूले पनि यो देशमा केही गरून र केही हुन् भन्नेमा उनी थिए ! रजनीले एसएलसीमा ल्याएको प्रथम श्रेणीको प्रथम नतिजाले त झन् राष्ट्र भरिमा नै उनको नाम चर्चित बनाई दियो !
विज्ञान बिषय लिएर रजनी उच्च शिक्षा पढ्न थालिन! त्यहाँ पनि उनी उत्कृष्ट भइन ! छात्रवृतिमा उनी उच्च शिक्षाका लागि विदेशमा पुगिन!
उनको डाक्टरी पठाई सिध्दियो! बिदेशमा उनको संगत एक धनाढ्यका छोरा रितेशसंग हुन पुग्यो ! अति धनाढ्यसंग प्रेम गरेकी रजनीलाई कुनै कुराको अभाव हुने कुरै भएन ! जागिर खाने कुरै भएन !
यता गाउँमा सानै देखि उनलाई हरेक् किसिमका सहयोग गर्ने कृष्णध्वजसंग आफ्नो गहिरो प्रेम भएको कुरा रजनी आफैले जताततै भन्थिन् ! दक्षिण कोरिया गएर चार वर्ष सम्म काम गरेर पढाईको बेलामा रजनीलाई कृणध्वजले दह्रो आर्थिक सहयोग गरेका थिए!
हल्ला हल्ला कै बीच- डा.रजनी,सुन्दरी रजनीको बिहे भएको समाचार पत्रपत्रिकाहरूमा छापिए ! ती पत्रपत्रिकाहरूमा रजनी र रितेशको बिहेमा खिचिएका संयुक्त फोटोहरू सहितका समाचारहरू छापिएका थिए ! कृष्णध्वजसंग संगै कोरियामा काम गरेका रूपेशले समेत समाचार पढे! दुबै जना केही छिन चुपचाप बसे ! एक पछि रूपेशले कृष्णध्वजलाई भने —“इमान जमान नै हराएकाहरूबाट धोक बाहेक अरू के हुन्छ !”अनि अर्को कुरा “जालीझेली एकै हुन्, यिनमा केही छैन गुण! जसरी नेताहरूले नेपाली जनतालाई सुख समृघ्दि दिने भनेर झुक्याएर धोकादिएर भ्रष्टहरूसंग मिलेर आफै सुखी र समृध्दि बने ! त्यस्तै गरी एक जना धनाड्यसंग बिहे गरेर रजनीले तपाईलाई धोका दिइन्!”
कुरा यस्तो मात्र होइन मित्र रूपेश -“मलाई रजनीले धोका दिइन ! यो भन्दा बढी रजनीले आफैले आफैलाई धोका दिइन! नेताहरूले जनतालाई धोका दिए! अब नेताहरू र रजनीले सजाय पाउँछन् ! ढिलो या चाँडो मात्र न हो ! किनभने यिनीहरू दुबै नेताहरू र रजनी, अपराधीहरू हुन्!” कृष्णध्वजले भने।
२०८०/०२/ २७ गते जेठ शनिबार विहान ९ बजे,काठमाडौबाट लेख्नुभएको ।