काभ्रे । साहित्यिक पत्रकारितामा प्रख्याति कमाएको काभ्रे पनौतीको अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाले काव्यगोष्ठी गरेको छ । पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा अक्षरमार्गको आयोजनामा काव्यगोष्ठी भएको हो । साहित्यिक पत्रकारिताका साथै विभिन्न साहित्यिक क्रियाकलाप र स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार दिँदै आएको अक्षरमार्गको संयोजनमा भएको सो काव्यगोष्ठीमा देशका विभिन्न जिल्लाबाट आएका स्रष्टाहरुले आफ्नो र्सिजना वाचन गरेका थिए ।
उनीहरुले आफ्ना सिर्जना वाचनमार्फत् समाजको चित्रणका साथै विद्यमान विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गर्दै समृद्ध र सुन्दर भविष्यको कामना समेत गरेका थिए ।कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले अक्षर कर्ममा लागिरहेका अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूको परिश्रमले साहित्यिक जगत फराकिलो बन्दै गएको उल्लेख गरे । उनले स्रष्टाहरुलाई साहित्य कर्ममा उत्साहित गर्नका लागि काभ्रेको पनौतीले योगदान पु¥याइ रहेको जनाए ।
कार्यक्रमका अवसरमा भारत आसामबाट आएका वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । सम्मानित क्षेत्रीले आसाममा नेपाली भाषी साहित्यको चर्चा गर्दै सम्मानप्रति आभार जनाए । सिर्जना वाचनका साथै स्रष्टा लाकोजु लिखित ‘पनौतीका केही जात्रापर्वहरु’ को परिचर्चा समेत भएको कार्यक्रममा साहित्यकार तुयकाजी ताम्राकारले पनौतीको महत्व र ऐतिहासिकता, पनौतीका मूर्त, अमूर्त सम्पदाबारे उक्त पुस्तकले महत्वपूर्ण जानकारी पस्केको चर्चा गरे ।
सोही अवसरमा स्रष्टाहरु हरिप्रसाद चौंलागाईं, मणिराज सिंह, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, कृष्णकुमार वैद्य, विश्व सिग्देल, विनोद विकm रामसुन्दर देउजा, सुशिला बिष्ट, धु्रबकृष्ण ताम्राकार, डा. सिर्जना शर्मा(गुहाटी), पूर्ण श्रेष्ठ, सोमकाजी शाक्य, भवानी खतिवडा, काशीराम विरस, जानुका खतिवडा, बुद्धिमान महर्जन, उपाशना बराल, जुमन किरण, अनिता कोइराला, दशरथ भट्टराई, निरा श्रेष्ठ, भगवती बस्नेत, अजय घिसिङ, सुरेश सैंजू, भवानी पाण्डे, विजयराम कर्माचार्य बिकुनारायण ताम्राकार, दिव्य गिरी, प्रकाश कायस्थ, सत्यनारायण ताम्राकार, ललिता अधिकारी र लक्ष्मण गाम्नामेलगायतले सिर्जना वाचन गरेका थिए ।
गोष्ठीमा सिर्जना वाचन गरेका स्रष्टाहरुलाई अक्षर मार्गका सम्पादक, साहित्यकार प्राडा गोविन्दराज भट्टराई, ज्ञानबहादर क्षेत्रीलगायतले सम्मान पत्र प्रदान गरेका थिए । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको पनि उपस्थिति रहेको सो कार्यक्रममा उनले पनौतीको सौन्दर्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने काम अक्षरमार्गले गरेको उल्लेख गरे ।
उनले पनौतीलाई सांस्कृतिक नगरका रुपमा परिचित गराउने क्रममा समेत रहेको बताए । सञ्चारकर्मी हरिसुन्दर छुकांले सञ्चालन गरेको सो कार्यक्रममा अक्षरमार्गका सम्पादक लाकोजूले गोष्ठीमा नेपालका मात्र नभएर छिमेकी मुलुक भारतबाट समेत सर्जकको सहभागिताले उर्जा प्राप्त भएको चर्चा गरे ।
कार्यक्रममा इन्द्रेश्वर क्याम्पसका प्रमुख श्रीकु्मार सुवालले क्याम्पसले शिक्षा र साहित्यलाई सँगसँगै अगाडि बढाइरहेको बताए । अक्षरमार्गले हरेक वर्ष काव्यगोष्ठी गरिरहेको छ ।