After header

सहिदगेट

कविता :सवाल सहिदगेट 

अविरल ओझेल

०००

सहिदगेट !

केही थान हँसियाकार प्रश्नहरू

तीखा चुच्चाले ठुँगिरहन्छन्

नौनीको ढिकाजस्तो मेरो दिमाग

र धारिला धारले काटिरहन्छन्

गुँरासका पत्रजस्तो मेरो कलेजी

 

तिमीचाहिँ कस्तो नाटक हेरिरहेछौ ?

सिंहदरबारतिर फर्किएर

 

पाउमा राखेर चार सहिद

–गंगालाल श्रेष्ठ

–शुक्रराज शास्त्री

–धर्मभक्त माथेमा

–दशरथ चन्द

‘बडिबिल्डरझैँ’ उभिएका छौ

 

किन वर्षेनी मञ्चन भइरहेछ यहाँ

एक मिनेट मौनधारण र

सहिदहरूलाई माल्यार्पणको नाटक

 

सहिदगेट को हो त्यो अर्को सहिद

जसलाई तिमीले शिरमा सजाएका छौ

को हो त्यो श्रीपेचधारी सहिद ?

 

अनि खोइ कहाँ लुकाइराखेका छौ

लखन थापामगर !

एक पटक पढ्नुहोस