वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै भवन बनाउने

२५ वर्षदेखि भाडामा बस्दै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नै भवन बनाउने भएको छ। काठमाडौंको सिनामंगलमा रहेको साढे ७ आना जग्गामा संघले आफ्नो कार्यालय बनाउन लागेको हो।

संघको भवनको श्रम मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले बुधबार शिलान्यास गरे।  ३ करोडको लागतमा ४ तल्ले अत्याधुनिक भवन बनाउन लागेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।

भवन निमार्ण समितिका सह संयोजक रद्यु पुरीले डेढ वर्षभित्र भवन बनाइसक्ने लक्ष्य राखिएको बताए। संघले हाल बत्तिसपुतलिस्थित एक घर भाडा लिएर कार्यालय संचालन गर्दै आएको छ।

संघको भवन बनाउन १५ वर्षअघि नै सिनामंगलमा जग्गा खरिद गरिएको थियो।

एक पटक पढ्नुहोस