३२ साउन, काठमाडौं । युएई र इजरायलबीच भएको शान्ति सम्झौताको इरान र टर्कीले विरोध गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले शनिबारको एक मन्तव्यमा युएईले मुस्लिम देशहरुलाई धोका दिएको बताए ।
केही दिनअघि अमेरिकाको पहलमा युएई र इजरायलबीच शान्ति सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सम्झौताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका थिए ।
