३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ ।
एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा कोरोना महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।
