After header

२० हजारदेखि २५ हजारसम्मका फोन खोज्दै हुनुन्छ? भिभोका यी फोन हेर्नुस्

ग्राहकको रोजाइमा परेको विभिन्न मोबाइल ब्राण्ड मध्ये एक हो, भिभो। भिभोले विशेषगरी क्यामेरा र साउन्डलाई प्राथमिकता दिएको छ।

कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तो देखि महंगोसम्मका फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ २० हजारदेखि २५ हजारसम्मका फोनका बारेमा चर्चा गरिएको छ।

वाई२०
यस फोनको डिस्प्ले ६.५१ इञ्चको रहेको छ। यसमा पछाडि १३ मेगापिक्सेल र २ मेगापिक्सेलको दुई वटा क्यामेरा जडान गरिएको छ। यसको सेल्फी क्यामेरा ८ मेगापिक्सेल रहेको छ।

५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २० हजार ९ सय ९० तोकिएको छ।

वाई १२

यो फोनमा पनि ६.३५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि १३ मेगापिक्सल र ८ मेगापिक्सको क्यामेरा जडान गरिएको छ। त्यस्तै सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ।

५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २१ हजार ५ सय ९० तोकिएको छ।

वाई १५

यो फोनमा पनि ६.३५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि १३ मेगापिक्सल र ८ मेगापिक्सको क्यामेरा जडान गरिएको छ।

त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ। ५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २४ हजार १ सय ९० रूपैयाँ तोकिएको छ।

मोडल स्टोरेज मूल्य
वाई २० ३जिबी/३२जिबी १४,४९०
वाई १२ ४जिबी/३२जिबी २१,५९०
वाई १५ ३जिबी/३२जिबी २४,१९०

 

एक पटक पढ्नुहोस