काभ्रे । तीज जोडी फोटो प्रतियोगिता–२०८२ आज साउन १२ गते आजबाट आवेदन शुरु हुने भएको छ । नेपाली कांग्रेस काभ्रेको सांस्कृतिक शाखाले “तीज जोडी फोटो प्रतियोगिता–२०८२” आयोजना गर्न लागेको हो । हरितालिका तीजको अवसर पारेर साउन १२ गतेदेखि सुरु हुने प्रतियोगिता भदौ २ गतेसम्म सामाजिक सञ्जालमार्फत सञ्चालन हुने जनाईएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित जोडिहरूले आयोजकको फेसबुक पेज लाइक गर्नुपर्ने आयोजकको भनाई रहेको छ । पठाइने फोटो स्पष्ट, सभ्य र परम्परागत नेपाली तीज पोशाकमा खिचिएको हुनुपर्ने छ । सहभागी हुन इच्छुक जोडीको फोटो फेसबुक पेजको मेसेज बक्स वा ह्वास्स एप नम्बर ९८४३५७४०३९ मा पूरा नाम, थर र ठेगाना सहित पाँच सय रूपैया शुल्क बुझाई सहभागिता सुनिश्चित गर्नु पर्ने नेपाली काँग्रेस जिल्ला सदस्य एवं सस्कृतिक विभाग प्रमुख रामकृष्ण पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद रु १५ हजार, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना, फिल्मको २ वटा भिआपि टिकेट, दोस्रो हुनेलाई नगद १० हजार, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना,फिल्मको २ वटा भिआपि टिकेट र तेस्रो नगद ५ हजार, सम्मानपत्र, सुद्ध मह १ माना, सुद्ध घ्यू १ माना,फिल्मको २ वटा भिआपि टिकेट प्रदान गरिने उनको भनाई छ ।
प्रतियोगिताका टप २५ मा पर्ने सबै २५ जोडीलाई प्रमाणपत्र सहित विशेष होटलमा सम्मान तथा भोज कार्यक्रम आयोजना हुने उनले जानकारी दिए । यस्तै शुभकामना सिनेमा हलको सहकार्यमा गोला प्रणाली मार्फत १० जोडीलाई २० वटा भिआपी टिकेट वितरण गरिने समेत उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता साउन १२ गते सोमबार दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन हुने छ । मौलिक नेपाली पहिरनमा सजिएका विवाहित जोडीहरूले सहभागिता जनाउन पाउने यो कार्यक्रमले सांस्कृतिक जरा मजबुत बनाउने लक्ष्य लिएको छ ।
आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न यो प्रतियोगिता सशक्त माध्यम बन्ने छ पोखरेलले भने । विशेषगरी विवाहित महिलाहरूको सहभागिता, परम्परा र पहिरनलाई जोड दिनेगरी यो प्रतियोगिता सार्वजनिक गरिएको हो ।
नेपाली कला, संस्कृति र मौलिक चाडपर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति संरक्षणसँगै सामाजिक एकता र सौहार्दता अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागिएको सस्कृतिक विभाग प्रमुख रामकृष्ण पोखलेले जानकारी दिए ।
