काठमाडौं । श्रीमान–श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको छ।सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी होमनजंग बुढथापाका अनुसार बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरूलाई करेन्ट लागेको थियो।
आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुकार्दै गर्दा तारबाट उनीहरूलाई करेन्ट लागेको थियो । अचेत अवस्थाका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पु¥याएको केहीबेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए।
