काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान र खारेज गर्न नसक्ने बताएकी छिन् । मेरो सदस्यता आज भन्दा ४५ वर्ष अघि स्वर्गीय मदन भण्डारी इचार्ज हुँदा दिएको बताउदै मेरो पार्टी सदस्या कसैले खारेज गर्न नसक्ने बताइकी हुन् ।
आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिईन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने उनको दाबी थियो ।
उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन् ।
