काभ्रे । २८६१ डुल सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोकको बनेपामा ल्होछार मेला तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ । काठमाडौस्थित औद्योगिक मेला–महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा यही माघ १६ देखि २२ गतेसम्म उक्त मेला–महोत्सव सञ्चालन गर्न लागिएको हो ।
आयोजकद्वारा आज बिहिबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा सँस्कृति संरक्षण, प्रचारप्रसार तथा सुस्ताएको अर्थतन्त्रलाई केही चलायमान बनाउने उद्देश्यले मेला–महोत्सव गर्न लागिएको जानकारी दिइयो । सो अवसरमा र आयोजकका संयोजक क्षेत्रबहादुर वाइबाले कृषि क्षेत्रको प्रबद्र्धन गर्दै आधुनिक कृषितर्फ डो¥याई स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको विकास–बिस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुहरुको बजार तथा ग्रामीण क्षेत्रमा उत्पादित हस्तकलाका सामग्रीको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला–महोत्सवको आयोजना गरिएको बताए ।
यस्तै मेलामा लद्यु उद्यम प्रदर्शनी, अटो, कृषि, गार्मेन्ट, जुत्ता–चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रबद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, सूचना–प्रविधि तथा विद्युतीय सामग्रीको प्रदर्शनीसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवा, साँस्कृतिक कार्यक्रम, हास्यब्यङ्ग, स्थानीइ पहिचान झल्काउने झाँकी तथा जातिविशेषको नाच प्रदर्शनीका साथै तामाङ समुदायको रहनसहन, भेषभुषा, खानाका परिकार र नृत्यु प्रस्तुत गरिने जनाइएको छ ।
सात दिनसम्म सञ्चालन हुने मेला–महोत्सवमा ६० भन्दा बढी स्टलको ब्यवस्थापन गरिने छ । बनेपा नगरपालिका–७ स्थित उग्रेश्वर महादेव मन्दिर नजिकको खाली जग्गामा आयोजना हुने मेलामा करिब दुइ लाखले अवलोकन गर्ने आयोजकले जनाएका छन् । महोत्सवमा महिला, अपाङ्गगता भएका ेव्यक्ति तथा बृद्धबृद्धालाई प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा लगभग करीब २० लाख खर्च हुने अनुमान गरिएको आयोजक सस्थाले जनाएको छ ।