काठमाडौँ । सर्वोत्कृष्ट नेपाली लघु चलचित्र निर्देशकको अवार्ड अमर ओलीले पाएका छन् । बिरिसु मिडियाद्धारा आयोजित ’तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ बाट चलचित्र निर्देशक ओली यस वर्षको सर्वोत्कृष्ट नेपाली लघु चलचित्र निर्देशकको अवार्ड पाएका हुन् ।
चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाले उनलाई सम्मान गरेका थिए । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । विभिन्न विदामा प्रदान गरिएको अवार्डमा सर्वेत्कृष्ट नेपाली लघु चलचित्र निर्देशकको अवार्ड अमर ओलीले पाएका छन् ।
बिरिसु मिडिया प्रालिका प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए ।
कार्यक्रममा बोल्दै परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, ’सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ ।
यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।’ बिरिसु मिडिया प्रा.लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन् ।