काभ्रे । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन् । नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती–कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा कलम चलाएका गौतमलाई योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ सम्मान गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
काभ्रेको निकै विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी चौबास घर भएका गौतम काभ्रे जिल्लाको पत्रकारितामा क्षेत्रमा विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल रहेका छन् । उनी पछिल्लो समय विभिन्न भेग र बस्तीमा गएर पनि भिडियो डकुमेन्ट्री निर्माण गरिरहेका छन् ।
नव क्षितिज साप्ताहिकका सह–सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह– सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह–सचिव पनि हुन् । उनले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।
२०७५ सालमा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हात बाट कला पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वाषिर्कोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गरेका थिए ।