काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाको आयोजनामा ‘धुलिखेल नगरको आब्हान, घर घरमा नारीको सम्मान’ विषयक दोहोरी प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगित कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले समुन्नत नगर बनाउन, नागरिकहरुलाई सेवा प्रवाहमा सहज र सरल बनाउन, भएका सेवालाई अझै गुणस्तर बनाउन र हरेक क्षेत्र, वर्गको समान सहभागिताका लागि परिषद्हरु मार्फत विशेष कार्यक्रमहरु आयोजना गरी कार्यान्वन गरिरहेको बताए ।
नगरपालिकाले हरितालिका तीजको अवसर पारी आयोजना गरेको दोहोरी प्रतियोगितामा नगरको ८ वटा वडाले भाग लिएका थिए भने वडा नम्बर ८ ‘क’समुह विजयी भएको छ ।प्रतियोगितामा वडा नम्वर १० को समुह दोश्रो भयो । त्यस्तै प्रतियोगितामा वडा नम्वर ११ को समुह तेश्रो भयो भने वडा नम्वर ३ ले सान्त्वना पुरस्कार प्राप्त ग¥यो ।
विजयी समुहले १० हजार रुपैया पुरस्कार प्राप्त गरेका थिए । दोश्रो हुनेले ७ हजार, तेश्रो हुनले ५ हजार र सान्त्वना पुरस्कार ३ हजार प्रदान गरिएको थियो । एउटा समुहमा ५ जना प्रतियोगिहरु सहभागि थिए । विजयी समुहलाई नगर प्रमुख अशोक ब्याञ्जु लगायतका अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।
महिला परिषद् उपाध्यक्ष गिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्य, नगरपालिका शाखा अधिकृत पुजा काफ्ले लगायतले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।
प्रतियोगितामा ८ वटा समुह दर्ता भएका थिए । दर्ता भएका समुहलाई विहिबार गोला प्रथा मार्फत प्रतिस्पर्धी टिम छनौट गराईएको थियो । जस अन्र्तगत वडा नम्वर १ को समुह वडा नम्बर ३ को समुहसँग प्रतिस्पर्धा भएको थियो भने वडा नम्वर ११ को समुह वडा नम्वर १२ को समुहसँग प्रतिस्पर्धा भएको थियो ।
वडा अध्यक्ष आचार्यका अनुसार वडा नम्वर ६ को समुह वडा नम्वर ८ को क समुहसँग र वडा नम्वर १० को समुह वडा नम्वर ८ को ख समुहसँग प्रतिस्पर्धा भएको थियो । प्रत्येक समुहलाई २० मिनेटको समय उपलब्ध गराईएको थियो । बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, रामहरी न्यौपाने र सरु गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरु, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । करिव १ हजार भन्दा धेरै सहभागिहरु रहेको उक्त कार्यक्रममा सचेतना समेत दिईएको थियो ।