After header

प्रदेश प्रमुखले समावेशी–समानुपातिक विषय हामीलाई सिकाउनु पर्दैन : मन्त्री यादव

प्रदेश २ सरकारले संघीयता, अधिकार, पहिचान, राज्यको हरेक निकायमा समावेशी समानुपातिक पहुँच र महिला, दलित, अल्पसंख्यक र सीमान्तकृत वर्गका लागि आरक्षणसहितको एजेन्डाप्रति आफू प्रतिवद्ध रहेको जनाएको छ ।

प्रदेश २ सरकारको प्रवक्ता ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुख राजेश झा अहिराजद्वारा समावेशीको नाममा मुख्यमन्त्रीलाई स्मरणपत्र पठाएको सन्दर्भमा रातोपाटीसँग सोमबार कुरा गर्दै उक्त टिप्पणी गरेका हुन् । उनले प्रदेश प्रमुखले उठाएका विषय सकारात्मक रहे पनि यसलाई ‘समावेशी कार्ड’ को प्रयोग गर्न खोजेको आरोपसमेत लगाए ।

प्रदेश प्रमुखको हैसियतमा राजनीति गर्ने अधिकार नरहेको भन्दै उनले कानून बमोजिमको अधिकारमात्र प्रयोग गर्न सचेत तुल्याए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका यादवले विगतमा प्रदेश प्रमुख झा संघीयता विरोधीको रुपमा अभियन्ता नै रहेकाले आफ्नो विगतलाई हेक्का राख्नसमेत चेतावनी दिए ।

उनले समावेशी समानुपातिकको नाममा प्रदेश प्रमुख झाले राजनीति गरेर प्रदेश सरकारविरुद्ध भ्रम सिर्जना गरेर जनतालाई बर्गल्याउन खोजेको आरोपसमेत लगाए ।

प्रदेश प्रमुख झालाई चेतावनी मन्त्री यादवले भने, ‘प्रदेश प्रमुख पद पाउनका लागि प्रदेश प्रमुख झाले एक दलित समुदायका व्यक्तिलाई हटाएर आफु पदासिन भएको भन्ने कुरा ख्याल गर्नसमेत स्मरण गराउँछु, यदि हिम्मत छ भने सो पदबाट राजीनामा दिएर दलित समुदायका व्यक्तिलाई प्रदेश प्रमुख बनाऊ ।’

एक पटक पढ्नुहोस