काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता यदुनाथ गौतम ‘देउपुरे’को विशेष पहलमा मण्डनदेउपुरका चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
राधाकृष्ण घनश्याम आधारभूत विद्यालय, मण्डनदेउपुर–७ का २२ जना, गोल्मेश्वरी आधारभूत विद्यालयका ४० जना, बिन्धवासिनी आधारभूत विद्यालय, मण्डनदेउपुर–४ का १२ जना र देउपुर आधारभूत विद्यालय, मण्डनदेउपुर–३ का २० जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो । चार विद्यालयका गरी जम्मा ९४ जना विद्यार्थी लाभान्वित भएका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ धुलिखेल सिखलापुरका अध्यक्ष सञ्जय कोजुले क्लब ले पहिलो सामाजिक कार्य भएको बताउदै आगामी दिन पनि सहयोग गर्ने बताए । कार्यक्रम राजनीतिक व्यक्तित्व रञ्जिव श्रेष्ठले आफुले मन्डन देउपुर नगरपालिका भित्र शिक्षा ,खानेपनी लगायत क्षेत्रमा काम गरिरहेको बताए । राजनीति एब अभियान्ता श्रेष्ठले बालबालिकाको उज्ज्वल भबिश्यको शुभकामना दिएका थिए ।
कार्यक्रममा सदस्यहरू रेखा श्रेष्ठ र जिया श्रेष्ठ, स्वयंसेवक खिल विक्रम श्रेष्ठ तथा सामाजिक अभियन्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएकोमा रोटरी क्लब अफ धुलिखेल सिखलापुरप्रति आभार व्यक्त गरिएको थियो ।
साथै, सहयोगका लागि पहल तथा समन्वय गरिदिनुभएका सामाजिक अभियन्ता एब पत्रकार यदुनाथ गौतम ‘देउपुरे’प्रति पनि विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेका छन ।विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोगले अध्ययनप्रति उनीहरूको उत्साह बढाउनुका साथै आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
