नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटमा एकपक्षीय रुपमा केपी ओली समूहले कमिटी बनाएको छ । पार्टीभित्रको विवादका कारण ओली समूहको साउन ३० गते बसेको जिल्ला कमिटी बैठकले २६ विभाग, १४ जनवर्गीय संगठन, १२ पालिका, निर्वाचन र प्रदेश क्षेत्रको नेतृत्व चयन गरेको हो ।
एमाले नुवाकोटमा आधिकारिक अध्यक्ष नारायणप्रसाद खतिवडा भएपनि ओली समूहले बद्री मैदानीलाई अध्यक्ष घोषणा गरेर समानान्तर गतिविधि गर्दै आएको छ ।
