बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बनेपा नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट आठ जना उम्मेदवार सर्वसम्मत चयन भएका छन् । बनेपा नगरपालिका अन्र्तगत १४ वडा रहेको नगरमा नेपाली काग्रेसको तर्फबाट ८ वडाका वडा अध्यक्ष सर्वसम्मत चयन गरिएको नगर सभापति महेश कर्माचार्यले जानकारी दिएका छन् । सर्वसम्मत चयन गर्ने प्रयास रहिरहेको बेला केन्द्रले गठबन्ध गरेर अगाडि बढ्ने निर्णय गरेका कारण रोकिएको उनले बताए ।
अहिले सम्म नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत चयन हुनुभएका वडा अध्यक्षहरुमा वडा नंम्बर ४ बाट गोपाल श्रेष्ठ, ५ मा उत्तम भट्टराई, ७ मा हिट्लर शाक्य, ८ मा शुभलक्ष्मी मानन्धर, ९ मा नृपेश वादे, १२ मा दिलिप कुमार तामाङ, १३ मा हरिभक्त श्रेष्ठ र १४ मा टुल्कु लामा रहेको नगर सभापति कर्माचार्यले जनाकारी दिए । अब ६ वटा वडाको टुगो लगाउन बाकी रहेकोले यसको पनि शानिबार सबै टुगो लगाई सक्ने उनले बताए । केन्द्रको निर्णयको आधारमा गठबन्धदलहरु सग छलफल चलिरहेकाले ढिला भएको बताए । अहिले सम्म सर्वसम्मत भएको कुनै पनि वडामा परिवर्तन नहुने गठबन्ध भएका बाकी वडामा छलफल गरि आगाडि बढ्न सकिने उनले बताए । अहिले सम्म छलफलमा रहेकाले नेपाली काग्रेस बनेपा नगरपालिकाको तर्फबाट मेयर, उपमेयर लगायत १० वडा वडाअध्यक्ष र बाकी रहेको वडाको पनि वडा सदस्य केही काग्रेसले लिएर जाने भन्ने निर्णय भएकाले यसका विषयमा छलफल भईरहेको नगर सभापति महेश कर्माचार्यले जानकारी दिए ।
