पनौती/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचन यति बेला सबै तिर चुनावी महोल बढेको छ । यही बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएता पनि दलहरुले अहिले सम्म वडाका वडा अध्यक्ष देखि मेयर सम्म पनि कसैले उम्मेदवार छान सकेका छैन् ।
काभ्रेमा १३ वटा स्थानिय तहमा राम्रोलाई भन्दा हाम्रोलाई टिकट भन्ने गर्नले दलहरुले आज सम्म पनि उम्मेदवार तयार पार्न सकेका छैन् ।् वडा देखि नै राम्रो उम्मेदवार छान नसकेका कारण पनि चुनाव हार्ने सम्भावना हुन्छ । यति बेला पनौती वडा नं. ४ मा वडा अध्यक्षका लागि ३ जनाको दावि रहेको छ । त्यस मध्ये सुरेन्द्र श्रेष्ठ वडा नं. ४ का जनताका सुखदुखका साथी हुन् । पनौती वडा नं. ४ का लागि सबै युवाहरुका ढुकढुकी समेत रहेका श्रेष्ठले काग्रेसको तर्फबाट टिकट पाउ चनाव जित्ने त्यहा युवाहरुले बताउदै आएका छन् ।
पार्टीका लागि सधैव खटिहिडेका उनलाई यस पटक पार्टीले कुनै पनि हाल्तमा टिकट दिनुपर्ने वडा नं. ४ का एक युवाले बताए । सबै जना सग हिलमिल गर्न सक्ने क्षमता भएका र यहाका सबै जनताका मनमुटुमा बसेका सफल युवालाई वडा नं. ४ मा रहेका न्युटन मत समेत आउने भएकाले यस पटक सुरेन्द्रलाई पार्टीले टिकट दियो भने चुनाव अवश्य नै जित्ने ती युवाले बताए ।उनले अहिले सम्म नगरपालिका र आफ्नो वडामा निस्वार्थ ढगं समाज सेवा गदै आएक एक होनहार युवा नेता पनि हुन् ।
