After header

आजबाट देशभर एसईई परिक्षा सुरु

काठमाडौं/ आज बाट एकै साथ देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । देशभर बाट कूल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका विद्यार्थी सहभागि हुने छन् । जसमा नियमिततर्फ एक लाख ५७ हजार ९ सय १४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा परीक्षामा सहभागि रहेका छन् ।

एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

 

एक पटक पढ्नुहोस