After header

विभिन्न पार्टी परित्याग गदै काँग्रेसमा प्रवेशको लहर

देविटार/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला काँग्रेसमा प्रवेशको लहर लागेको छ । स्थानिय निर्वाचन नजिकिदै गर्दा यति बेला जनताहरु काँग्रेस महि भन्दै गएका छन् ।

जस्तो परिस्थिीतमा पनि नेपाली काँग्रेस नै देशका लागि आवश्यक रहेको भन्दै यति बेला नेपाली काग्रेसमा प्रवेशको लहर छायाको नेपाली काग्रेस धुलिखेल नगरका सभापति बिदुर बस्नेतले जानकारी दिए । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा एमाले, माओवादी अन्य पार्टीबाट काग्रेसमा प्रवेश गर्नेको लहर नै लागेको समेत उनले बताए ।


धुलिखेल नगरपालिका वडा नं. १ देविटारमा विभिन्न पार्टी परित्याग गदै आज शनिबार नेपाली काँग्रेसमा प्रवेश गदै गर्दा नवप्रवेशीहरु अब देश र जनता लाई हेर्ने भने कै काग्रेस भएकाले हामीले काँग्रेस पार्टी रोजेको उनीहरु भनाई थियो । कम्प्युनिष्टले झुटो खेती र भ्रम छर्ने कुराले अब जनता उनीहरुको पछि नलाग्ने समेत उनीहरुको भनाई थियो ।

नव प्रवेशीहरुलाई खादा र माला लगाउदै नेपाली काँग्रेसका धुलिखेल नगर सभापति बिदुर बस्नेत, नेकपा एमाले पार्टी परित्याग गरि काग्रेसमा प्रवेश गरेका युवा नेता रामकृष्ण हुमागाई, नेपाली काग्रेस धुलिखेल नगरका निवर्तमान सभापति जितकृष्ण घिनाजु लगायतले नव प्रवेशीलाई स्वागत गरेका थिए ।

एक पटक पढ्नुहोस