After header

अत्यावश्यक कामकाज बाहेक ११ र १२ गते रोशी गाउँपालिका बन्द

रोशी/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि भोलि ११ र १२ गते रोशी गाउपालिका बन्द रहने भएको छ । पालिकाले यही बैशाख ११ र १२ गते बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको मनोनय दर्ता कार्यक्रम रहेकाले अत्यावश्यक कामकाज बाहेक अरु सेवा बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ जानकारी दिए ।


शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले एक सूचना जारी गर्दै दुई दिन अत्यावश्यक बाहेकक सबै सेवा बन्द रहने जानकारी दिएका छन् । पालिकाका कर्मचारीहरू मनोनयन दर्ता सम्बन्धी कार्यमा खटिनुपर्ने भएकाले सेवा बन्द गरिएको तामाङ जनाएका छन् । उक्त दिन मनोनयनका लागि मात्र दुई–तीन सय जनाको भिड लाग्ने भएकाले पनि व्यवस्थापन र शान्ति–सुरक्षाका लागि पनि पालिकाको सेवा प्रवाह बन्द गर्नुपरेको उनले बताए ।

 

एक पटक पढ्नुहोस