काभ्रे/स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशनअनुसार दुईजनाले हतियार बुुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले गत चैत सोमबार स्थानीय तहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भएपश्चात् पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको सुचनामा दुईजनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
काभ्रेमा दुईवटा इजाजतप्राप्त हतियार रहेको र दुवै हतियार प्रहरीले बुझिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । हामीले इजाजतप्राप्त हतियार बुझाउन आग्रह गरेका थियौ उहाहरुले जिल्ला प्रहरी कार्यालयमा आए हतियार बुझाउनु भयो सुचना अधिकृत खतिवडाले जानकारी दिए । हतियार प्रहरी चौकी ढुङखर्कमा र एउटा जिल्ला प्रहरी कार्यालय काभ्रेमा आए बुझाउएको उनले बताए ।
