After header

युवा संघ धुलिखेल २ का अध्यक्ष जेनिस कांग्रेस प्रवेश

काभ्रे/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ धुलिखेल वडा नं २ का अध्यक्ष जेनिस तिमल्सिना नेपाली कांग्रेस प्रवेश गरेका छन् । एमालेमा सधै झुठको खेती गदै हिड्न बाध्य बनाएको भन्दै उनी नेपाली काग्रेसमा प्रवेश गरेको बताए ।

उनलाई एक कार्यक्रमका बिच नेपाली कांग्रेसका नगर सभापति विदुर बस्नेतले तिमल्सिनालाई पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमालेले भ्रम पुर्ण वातावरण सृजना गरि जनतालाई अल्मल्याउने काम गरेकोले निष्ठाको राजनीति जीवन बिताउने कांग्रेस प्रवेश गरेको नेता जेनिस तिमल्सिनाले बताए ।
कांग्रेसको राजनीति आए संगै नेता तिमल्सिनाले जिम्मेवारी पुर्ण तरिकाले काम गर्न उपयुक्त वातावरण सृजना तयार गरिने नेपाली कांग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले बताए ।

 

एक पटक पढ्नुहोस