After header

मेयर व्याञ्जु चलाएको गाडिको ठक्करबाट वडा अध्यक्ष घाईते

धुलिखेल/धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले आफैले चलाएको गाडिले ठक्कर दिदाँ वडा अध्यक्ष गम्भिर घाईते भएका छन् ।मेयर व्याञ्जुले चलाएको गाडिको ठक्करबाट काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बनेपाबाट धुलिखेल जाँदै गरेका नगर प्रमुख व्याजुले चलाएको बा ७ च ६२५४ नं को गाडिले धुलिखेलाट बनेपा जांदै गरेको बा २ प ६४०१ नं को सरकारी मोटर साईकललाई धुलिखेल स्थित मिरावल चोकमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
नगर प्रमुख व्याञ्जुले आफ्नो साईड छोडेर अर्काे साईडमा गएर ठक्कर दिदाँ सरकारी बाइकमा सवार वडा अध्यक्ष लामा घाईते भएको घटनाको प्रकृति हेर्दा देखिन्छ ।

घाईतेको उपचारमा धुलिखेल अस्पतालले रेस्पोन्स नगरेको कारण काठमाडौं मेडिकल कलेजमा उपचारका लागि पठाईएको प्रहरी जानकारी दिएको छ । ।थप अनुसन्धानको लागि मेयर र वडा अध्यक्षको सवारि साधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस