After header

काभ्रेमा दुई पत्रकार चुनाव लड्दै

काभ्रे/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा काभ्रेमा दुई जना पत्रकारहरु चुनावी मैदान होमिएका छन् । काभ्रेमा १३ वटा स्थानिय तह मध्ये बेथानचोक गाउँपालिका वडा नं. १ र मण्डनदेउपुर नगरपालिका वडा नं. १ का लागि काभ्रेमा क्रियाशिल रहेका पत्रकारद्धयले वडा अध्यक्षको टिकट लिएर चुनावी मैदानमा लागेका छन् ।

बेथानचोक वडा नं. १ का वडा अध्यक्षका लागि पत्रकार मधुसुधन तिमिल्सनाले उम्मेदवारी दर्ता गराएका छन् भने मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा वडा अध्यक्षका लागि रामप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तिमिल्सनाले वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित आफु वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको बताए ।

सानै उम्मेर देखि राजनितिमा हिडेका तिमल्सिनाले अबको आफ्नो उदेश्य भनेको आफ्नो गाउँ र वडाको विकासका लागि सधैव लागि पर्ने बताए । पत्रकारीता सगै राजनितीम पनि सक्रिय हुदै आएका तिमल्सिनाले यस पटकको स्थानिय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट वडा नं. १ मा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।उताअर्का पत्रकार रामप्रसाद ढकालले भने मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

बाल्यकाल देखि नै राजनितिमा लागेका ढकालले आफ्नो गाउँ र वडाको हितका लागि आफुले उम्मेदवारी दिएको बताए । पत्रकारीता सगै राजनितीमा होमिएका ढकालले आफ्नो इच्छा बाल्यकाल देखि राजनिती गर्ने रहेकाले यस पटकको स्थानिय निर्वाचनका लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए । सबैको माया र हौसालाले गर्दा गाउँको विकासको लागि उम्मेदवारी दिएको बताए । उनले नेकपा माओवादी केन्द्र बाट उम्मेदावरी दिएका छन् ।

एक पटक पढ्नुहोस