भकुण्डेबेशी/यही बैशाख ३० गते हुन गईरहेको देशै भरको स्थानिय तहको निर्वाचनका लागि मनोनय दर्ता प्रक्रिया सम्पन्न भएको छ । मनोनय दर्ता बैशाख ११ र १२ गते सम्पन्न भए सगै नमोबुद्ध नगरपालिकामा मेयर पदका लागि ४ जना र उपमेयरका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
१ जना मेयर र १ जना उपमेयर गरी २ जनाका लागि नमोबुद्ध नगरपालिकामा ७ जनाको उम्मेदवारी परेको नमोबुद्ध निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । नमोबुद्ध नगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयर काग्रेस र उपमेयर माओवादीलाई दिएर चुनाव लडेका छन् भने उता नेकपा एमाले भने नमोबुद्ध नगरमा एक्लै लडेको छ ।
मेयरका लागि गठबन्धन बाट कुसाङ लामा, एमाले बाट राजन भुर्तेल, राप्रपा बाट नवराज सत्याल र स्वतन्त्र बाट सिंहबहादुर लामाको उम्मेदवारी परेको नमोबुद्ध निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । त्यसै गरि उपमेयर १ का लागि ३ जनाको उम्मेदवारी परेको छ । गठबन्धन बाट रत्न लामा, एमाले बाट सम्झना लामा र राप्रपा बाट प्रर्मिला मैनाली प्रसाईको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।
