बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले घरदैलो कार्यक्रम शुरु गरेको छ । बैशाख ११ र १२ गते मनोनय दर्ता सकिए पछि नेकपा एमालेले बनेपाको १ नं. वडा बाट घरदैलो शुरु गरेको छ ।

सबैका मन मुटुमा बस्न सफल युवा नेता बनेपा नगरपालिकाको मेयरका उम्मेदवार रत्नकुश रञ्जितकार लगायतले आज बाट बनेपा १ नाला टुकुचा बाट घरदैलो सुरु गरेको छ ।

उनले गठबन्धनको हकमा आफ्नो पार्टी एक्लै लड्को छ, हामीलाई गठबन्धन भन्दा पनि जनताको साथ रहेकाले यस निर्वाचनमा जनताको साथ सहयोग एमालेलाई नै रहेने बताए ।

चुनावी सभामा पाण्डे गाउँमा भएको कार्यक्रममा मेयरका उम्मेदवार रत्नकुशले यस भेगमा बाटो अवस्था नाजुक रहेन्छ । खानेपानी , कृषिमा क्षेत्रमा पनि यस ठाउँ पछाडि नै परेको देखियो, त्यसैले अबको निर्वाचमा यस वडा बाट नेकपा एमालेलाई जिताउन आग्रह गदै यस भेगको विकास गर्ने जिम्मा अब हाम्रो रहेको प्रतिवद्धता समेत जनाएका छन् । उनले सबैलाई यो एक पटक मलाई र आफ्नो पार्टी जिताउन आग्रह गरेका छन् ।




