After header

बनेपा मतदाताका हाई हाई बनेका मेयरका उम्मेदवार रत्नकुश (तस्वीर सहित )

काभ्रे/यही बैशाख ३० हुन गईरहेको स्थानिय तहको निर्वाचनमा दलहरु यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । बैशाख ११ र १२ गते मनोनय दर्ता सकिए लगायतै आफ्नो एजेण्डा गाउँ टोलमा र वडालाई के कस्ता समस्या छ भन्दै मतदाताका पुग्दै मतदाताको आशीवार्द लिदै मतदाताको हाई हाई भन्दै सबैको मन जित्न सफल भएका छन् बनेपा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार रत्नकुश रजितञ्कार ।

मतदाता बाट आशीवार्द लिदै

सबै युवाका मनका ढुकढुकी बनेपा नगर बासीका लोकप्रिय नेता रजितञ्कार यति बेला घरदैलो सगै मतदाताको आशीवार्द थाप्दै गाउँ गाउँ, टोल टोल र बस्ती पुगेका छन् ।

मतदाता बाट आशीवार्द लिदै घेरमा उम्मेदवार रत्नकुश

बनेपा नगरपालिकामा १४ वडा रहेको यस नगरमा उनीको छुट्टै पहिचानले चिर परिचित ब्यक्ति रहेका छन् । शैक्षिक क्षेत्रमा, सहकारी क्षेत्र मार्फत र पार्टीका हिसाबले उनले सबै ब्यक्तिको मन जित्न सफल भएका एक युवा हुन् । हरेक वडा र टोलमा पुग्दा उनलाई बृदबृद्धाहरुको आशीवार्द र युवाहरुको साथले गर्दा आजको दिन सम्म आफूले गरेका काम बाट अगामी निर्वाचनमा जित्न कठिन नहुने बताए ।

खेतबारीमा गएर आशीवार्द र भोट माग्दै रत्नकुश

उनले विकास मात्रै होईन नगरलाई हरावरा बनाउन र भोलिका दिनमा बनेपा १ नं. देखि १४ सम्म विकासको लागि कुनै थुक्क नराख्ने बताए । घरदैलोमा अधिकाशं बुद्धबृद्धा बाआमा बाट आशीवार्द लिदै मतदाताका समस्या र विकासका एजेण्डा सुनौउदै हिडेका मेयर उम्मेदवार रत्नकुशंले सबैबाट हाई हाई पाएका छन् । उनलाई भोलिका दिन चुनाव जित्न आफूले समाज सेवा बाट गरेको बलिदानले समेत राम्रै सहयोग गरेको छ । उनले पढ्न नसकेको तर पढ्न चाहानेहरुलाई बालबालिकाकाहरुलाई शिक्षा प्रदान गरेका छन् ।

¥याली सहित मतदाता सग भेटघाट गदै

उनले पार्टी भन्दा पनि जो कमजोर छ उसलाई रोजगारी दिएर हुन्छ की उनीहरुको छाक टार्ने काम गदै आएका छन् । उनी एमालेको रत्नकुश मात्रै नभई समाजसेवी, बृद्धबृद्धाहरुको सहयोगी र आम युवाहरुको मनमुटुमा बस्न सफल भएका कारणले गर्दा पनि आज सबै बनेपा बासीको हाई हाई बनेका छन् ।

बिरामीको अवस्था बुझ्दै रत्नकुश
जित्नको शुभकामना दिदै मतदाताहरुले टिक र खाता लगाउदै
युवाहरु मेयरका उम्मेदवार सहित सबै सग सेल्फी लिदै
सबै मतदाताहरु सग भोट माग्दै हात जोड्दै रजितञ्कार
९७ वर्षका बृद्धा बा सग आशीवार्द लिएपछि सगै फोटो खिच्दै मेयरका उम्मेदवार रत्नकुश

एक पटक पढ्नुहोस