काभ्रे/ काभ्रेको रोशी गाउँपालिकामा वडा नं. ११ मा एक आपसमा यात्रुबाहक बस र सुमो ठोकिदा ५ जनाको मृत्यु भएको छ ।
काठामाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक ग्एछडत्डज्ञडज्ञ नंवरको यात्रुबाहक बस र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नंवरको टाटसुमो एक आपसमा ठोक्किएर दुर्घटना हुदाँ एक बालक सहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत हरि खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।
दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको खतिवडाले जानकारी दिए ।
