After header

म जनताको भगवान हुन् चाहान्छु ः भगवान

ढुर्खक/ बेथानचोक गाउँपालिकाका नेपाली काग्रेसका अध्यक्षका उम्मेदवार भगवान अधिकारीले म सधैव जनताको भवगान भएर गाउँको सेवा गर्ने बताएका छन् । घरदैलो कार्यक्रममा सञ्चारर्कीहरु वुधवार विहानै वेथानचोक गाउपालिका वडा नम्बर ३ चलालगणेशथान पुग्दा नेपाली काग्रेसको तर्फबाट अध्यक्षका प्रत्यासी भगवान अधिकारीले म जनताको सेवा र जनता कै लागि सधैव लागि पर्ने भन्दै जनताको आशीवार्द लिदै उहाँ सहितको टोली भोट माग्दै गाउलेको घरदैलो अभियानमा ब्यस्त थिए ।

काग्रेस काभ्रेका जिल्ला कोषाध्यक्ष, पनौती काग्रेसका चुनावी कमाण्डर भोला थापा, पनौती काग्रेसका नेता धनवहादुर जंगम सहितको टोली पनि वेथानचोकमा अधिकारीको नेतृत्वको उम्मेदवारको पक्षको माहौल बुझ्ना चलाल पुगेको थियो ।
अलिटाढा मत माग्दै गरेको समुह देखियो । विहान सबेरै देखि मत माग्दै मतदाताको घरदैलो धाइरहेका भगवान अधिकारी केहि बेर पछि असिन पसिन मुद्रामा हामिलाई स्वागत गर्न आइपुग्ये ।

भ्याइनभ्याईको अवस्थामा देखिएका भगवानले वडा नं ३ को चलाल र पोखरीडाँडा गाउलाई देखाउदै भन्नुभयो– म नामले मात्र हैन, कामले पनि यी गाउलेको भगवान बन्न चाहन्छु ।


काग्रेसको पकड क्षेत्र मानिएको वेथानचोक गाउपालिकामा माओवादी संग गठबन्धन गरि नेपाली काग्रेस चुनावमा होमिएको छ । २०७४ सालको निर्वाचनमा एक जना वडा सदस्य बाहेक सम्पुर्ण पदमा नेपाली काग्रेसले विजयी हासिल गरेको थियो ।प्राकृतिक स्रोत साधानले भरिपुर्ण अत्यन्त सुन्दर गाउपालिकाको रुपमा परिचित बेथानचोकलाई आगामी पाँच वर्ष भित्र समग्र विकास गरि देश विदेशमा परिचित गराउने योजनाका साथ अघि बढेका भगवान यो क्षेत्रको लोकप्रिय नेता हुन ।

गाउका घरहरु देखाउदै भगवान भन्नुहुन्छ– यी गाउमा बाटो, विजुली, खानेपानी, सिचाई, सञ्चार सुविधा पु¥याउने र यहाँका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउने मेरो लक्ष्य छ । मैले यहाँ गाउलेको घर अगाडी तत्काल ठुलो अस्पताल बनाउन सक्दीन तर गाउले विरामी हुदा आधाघण्टा भित्र स्वास्थ्य संस्था वा सुविधासम्पन्न अस्पताल पु¥याउने व्यवस्था मिलाउन सक्छु । उहाँ भन्नुहुन्छ– यहाका विद्यार्थिलाई यहि गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन सक्छु । सरकारको मुख नताकी निजी लगानीकर्ता ल्याएर रोजगारमुलक व्यवसाय सञ्चालन गराउन सक्छु ।

समाज सेवाको भावका साथ विद्यार्थिकाल देखि नै काग्रेस राजनीतिमा सक्रिया अधिकारी नेपाली राजनीतिमा जिल्ला देखि केन्द्र सम्म परिचित नाम हो । गुरुयोजनाका साथ आगामी पाँच वर्ष भित्र जन्मभुमि बेथानचोकको विकासलाई लक्ष्यमा पु¥याउन खाका तयार गरिरहेका अधिकारी अघिल्लो निर्वाचनमा पनि अघि सरेका थिए । तर काग्रेस भित्र पुरानो पुस्तालाई अन्तिम एकपटक अवसर दिनुपर्ने अवाज उठेपछि पछि हटेका थिए ।

अहिले हाईहाई भएकै बेला युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वर्तमान अध्यक्ष प्रमवहादुर तिमल्सिनाले पनि भगवानलाई साच्चिकै भगवान बन्ने अवसर दिनुभएको छ । युवा जोस जागर मात्र हैन राजनीतिक अनुभव समेत प्रसस्त भएका अधिकारीले आफ्नो गाउपालिका विकासका लगि देश विदेशमा भएका विज्ञहरुसंग निरनतर छलफलमा गरिरहनु भएको छ । छ वटा वडा रहेको यो गाउपालिकामा भौतिक पुर्वाधार निर्माण गरि पर्यटकिय क्षेत्र, कृषि क्षेत्र, जडीवुटी उत्पादन, औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र, अनुसन्धान क्षेत्र लगाएत छुट्टाछुट्टै क्षेत्र निर्माण गरि गाउपालिका भित्र लगानी र रोजगारी बढाउने अधिकारीको योजना छ ।

‘बेथानचोकलाई प्रत्येक वडामा एउटा÷एउटा पकेट क्षेत्र बनाएर अघि बढाउनु पर्छ’ अधिकारी भन्नुहुन्छ– पहिला दुर्गम मानिएका साविक ढुंखर्क, च्याम्राङवेशी, चलालगणेस्थान, भुदेउ मिलाएर बनाइएको बेथानचोक सम्भावना नै सम्भावनाले भरिपुर्ण छ । हाम्रो गाउपालिका सानो छ सुन्दर छ । गोवा भञ्जाङ देखि च्याम्राङवेशी जानेबाटोलाई पुर्णता दिने, जडीवुटी लगाएत विभिन्न उद्योग खोल्ने, दुग्ध फ्याट्री खोल्ने, वजार क्षेत्रलाई व्यवस्थित गर्ने, माथिल्लो उचाईमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, उव्जनी क्षेत्रको विकास गर्ने, परमपरागत निर्वाहमुख कृषि पेशालाई आधुनिक र व्यवसायीक बनाउने मात्र हैन बेथानचोकको एउट÷एउटा एरिया हेर्न लायक बनाउने भगवानको योजना छ । वेथानचोक वडा नम्बर २ र ३ को संगम स्थलबाट केवुलकार सञ्चालनको सम्भावनाको खोजि गर्ने मात्र हैन पाँच वर्ष भित्र बेथानचोकलाई नगरकोट र धुलिखेल जस्तै पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना पनि उहाले अघि सार्नु भएको छ ।

बेथानचोकको वडा नमबर ५मा कामिडाँडा पर्छ । कामिडाँडा माओबादी द्धन्द्धकालमा चर्चित ठाउ हो । यो स्थानलाई कृषि उत्पानका साथै वैचारिक स्थल बनाउन पुर्वाधार निर्माण गर्ने योजना पनि उहाँले अघि सार्नु भएको छ । बेथानचोकको नेतृत्व लिन अघि बढेका काग्रेस नेता अधिकारीको पहलमा हालैमात्र यहा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ । वेथानचोकमा निजि लगानीकर्ता भित्राउने कम्तिमा पनि पाच हजार जनालाई रोजगारी उपलब्ध गराउने, विभिन्न विश्वविद्यालयसंग समन्वय गरि शैक्षिक संस्था तथा अनुसन्धान केन्द्र स्थापना गर्ने मात्र हैन हिन्दु र वौद्ध धर्मालम्बिहरुको धर्मसस्कृति जोगाउन गुरुकुल सञ्चालन गर्ने सम्मको उहाको योजना छ ।

बेथानचोकमा हरेक महिना हेरेक क्षेत्रका विज्ञहरु ल्याएर वृहत संवाद कार्यक्रम गर्ने योजना बनाएका अधिकारी काग्रेस राजनीतिमा विद्यार्थिकाल देखि नै समयदेखि सक्रिय छन । राजनीति र पत्रकारीतामा स्नोकेत्तर गर्नु भएका अधिकारी नेविसंघको दुई कार्यकाल जिल्ला अध्यक्ष भैसकेका छन् ।नेविसंघको पुर्व केन्द्रिय सदस्य, काग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको पुर्व केन्द्रिय सदस्य रहेका अधिकारी राष्ट्रिय राजनीतिमा जति सक्रिय छन त्यो भन्दा बढी स्थानीय तहमा सक्रिय छन् ।

भुकम्प र कोरना महामारीमा जनताको घरदैलो पुगेर सेवा गरेका भगवान यो क्षेत्रको चर्चित नाम हो । वैशाख ३० मा हुन गइरहेको निर्वाचनमा आप्mनो जित सुनिश्चित भए संगै भगवान अहिले बेथानचोकको विकास र यहाका जनताको समृद्धिको लागि विज्ञहरुसंग छलफल गरि गुरुयोजना पनि बनाउदै हुनुहुन्छ ।

एक पटक पढ्नुहोस