बनेपा / काभ्रेको विकट मानिने खानीखोला गाउँपालिका ४ स्थित जग्थलीमा अज्ञात समूहद्वारा नेकपा एमालेकाे झण्डा आगजनी गरेको ४ नम्बर वडाका एमालेका अध्यक्ष उम्मेदवार कृष्ण बहादुर लोप्चनले बताए ।
बुधबार दिउँसो पानी परिरहेको र आफूहरु घरदैलो मा व्यस्त रहेको बेला प्रचार प्रसार का लागि राखिएको मत संकेत गर्ने सूर्य झण्डा निकालेर आगजनी गरेको र च्यातेको बताए । उनले कुराकानी गर्दै भने हामी दिनभर व्यस्त थियौँ बेलुका आउँदा केही झण्डा निकालेर आगजनी गरेर स्कूल छेउ बारमा लागेर राखिएको रहेछ झण्डा हामीले आचार संहिता विपरीत कहीं कतै राखेका छैनौं , झण्डा मा आगजनी गरेको विषयमा खानीखोला गाउँ कमिटी लाई पनि जानकारी दिइएको छ । हामीले पनि सुस्म रूपमा हेरिरहेका छौ । यस्तो हर्कत प्रति हाम्रो आपति छ तर्क ले नसके पछि केही व्यक्तिले यस्तो गरेको हुन् सक्ने हाम्रो ठहर छ । उनले भने केही उग्र स्वभावका ब्यक्तिहरु पनि यता छन् अहिले हामीले तिनीहरू लाई शंका गरेका छौं केही सूचना आयो भने कारबाहीको लागि पहल गर्छौं । नेकपा एमाले खानीखोला ले खानीखोला गाउँपालिकामा चुनावी घरदैलो अभियान सुरु गरेको पहिलो दिन देखि नै गठबंधन काे समूहले घरदैलो अभियान गर्ने क्रममा पछ्याउँदै आएको छ । नेकपा एमाले खानीखोला काे उम्मेद्वार काे घरदैलो चली रहँदा उनीहरू पनि सँग सँगै हुल हुज्जत गर्ने गरिरहेका छन् । केही वडामा गठबंधनकाे समूहले नेकपा एमालेका उम्मेदवार लाई चरित्र हत्या गर्ने अभिव्यक्ति समेत दिँदै आएको स्थानीयले बताएका छन् । ती स्थानीयले भने उनीहरूले प्रत्यासी उम्मेद्वार विरुद्व विभिन्न आरोप लगाउने जनमानस भड्काउने खालका क्रियाकलाप गरिरहेका छन् ।

खानीखोला चार जग्थलीमा अज्ञात समूहद्वारा एमालेको झण्डामा आगजनी
Next Post
एक पटक पढ्नुहोस