काभ्रे । जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ११ लुकुवादेखि बेथानचाेक गाँउपालिका ५ काे छिर्केसम्म ७ किलोमिटर कच्ची सडककाे ट्याक खाेल्ने काम सम्पन्न भएको छ । पनौती नगरपालिका ११ लुकुवा निवासी समाजसेवी टीकाप्रसाद हुमागाँईकाे पहलकदमीमा निर्माण थालिएको सडकलाई विभिन्न निकायबाट श्रोतको ब्यबस्थापन गरी ट्र्याक जोडिएको हो ।
स्थानीय उपभोक्ता नवराज थापा मगरकाअनुसार लुकुवादेखि छिर्केसम्म सडककाे रेखा काेरिने कुनै आधार नै थिएन । सडक लैजाने ठाउँमा भीर-पहरा र घना जंगल थियो । सडक निर्माणका लागि अफ्ठेरो भूगोल भएकाले मोटर गुड्ने सडक निर्माण गर्न कठिन थियो । ग्रामीण समुदायले मोटरबाटो खन्न शुरू गर्दा पत्याएका थिएनन् । यसरी कल्पना गर्न पनि नसकिने असहज ठाँउमा कसले आँट दिन्थ्यो र हामीले माेटर हिड्ने सपना देख्नु, उनले भने- “तर टीका दाईले यसकाे जिम्मेवारी बहन गरिदिनु भयो । हामिले बाटाे पायौं। ”
यातायातको असुबिधाले गाउँका मानिस घर छाडेर सबै शहर पसेका थिए । गाउँमा सडक आएपछि स्थानीयहरु गाउँ फर्किएर खेती-किसानीमा लाग्ने अवस्था सिर्जना भएको छ । अब उनीहरूले आफ्ना उत्पादनलाई सजिलै बजारमा पुर्याउन सक्छन । जसले किसानको आयआर्जनमा वृद्धि हुन्छ र उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउने स्थानीय अगुवा गोबिन्द हुमागाईको बिश्वास रहेको छ ।
सडकको त्र्यस्क जोडिएपछी बागमती प्रदेश सरकारका श्रम,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पूर्वमन्त्री बसुन्धरा हुमागाँई र स्थानीय जनप्रतिनिधिहरुले पैदलयात्रा गरी अनुगमन तथा निरीक्षण गर्दै स्तरोन्नतीका लागि साथ दिने बिश्वास स्थानीयलाई दिएका छन । उक्त अवसरमा स्थानीय समाजसेवी टीका प्रसाद हुमागाँईकाे निरन्तर प्रयासले सडकको ट्र्याक खुलाउन सफल भएको भन्दै मन्त्री लम्सालले प्रशंसा गर्नुभयो । यो । पाँचवर्ष अगाडिसम्म बाटोकाे कल्पना नगरिएको ठाउँमा बाटो खुल्नु खुशीकाे कुरा भएको बताउँदै उहाँले भन्नुभयो, यो सडक निर्माण कार्यमा समाजसेवी टीकाप्रसाद हुमागाँईकाे जति प्रशंसा गरे पनि अपुग हुन्छ ।
गाउँमा सडक पुगेपछी धार्मिक र कृषि पर्यटनको विकास गर्न सघाउपुग्ने अगुवा टिकाप्रसाड हुमागाईको आशा र विश्वास छ । स्थानीयस्तरमा होमस्टे लगायत नयाँ ब्यबसाय सञ्चान गरी पर्यटन ब्यबसायको प्रवर्द्धनमा लाग्ने हुमागाईको योजना छ जसबाट गाउँमा नै रोजगारी सिर्जना हुने आशा गरिएको छ ।
यो सडकका लागि बागमती प्रदेश सरकारले ३० र पनौती नगरपालिकाको वडानम्वर ११ ले ५ लाख अनुदान उपलब्ध गराएको थियो । कुल ३५ लाखमा ट्र्यस्क खोलिएको सडकको सुविधा लिन पाउने भएपछि स्थानीय उपभोक्ताले खुसी व्यक्त गरेका छन् ।