After header

हाईडाेपावरमा काम गर्ने कामदारको मृत्यु 

काभ्रेकाभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका वडा न ३ माथिल्लो चौर खोलामा रहेको हिमालयन रिसर्च हाईडाेपावरमा काम गर्ने ब्यक्तिको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु छ।

उक्त हाइड्रोपावरमा काम गर्ने सर्लाहि घर भएका वर्ष १९ को शंकर सदा काम गर्ने क्रममा बेहोस भई उपचारको लागि वडा न २ मा रहेको अस्पतालमा लाने क्रम्मा बाटो मै मृत्यु भएको चौरिदेउराली गाउँपालिका वडा न ३ को वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंले जानकारी दिए । मृतकको शव प्रहरी बोलाएर मुचुल्का उठाएर राखिएको जनाएको छ । घटना स्थलमा प्रहरीको टोलि पठाएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

एक पटक पढ्नुहोस