ताप्लेजुङ / आफ्नै बुवा आमाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
