भकुण्डेबेशी/यति बेला स्थानिय तहको निर्वाचनले गाउँ घर चुनावी महोलले तातेको छ । चिया पसल देखि हरेक चोक चोक गल्लीमा उम्मेदवार र पार्टीको कुराले दिन काट्ने गरेका आजभोलि मतदाताहरु । यस्तै चुनावी महोल सगै यति बेला नमोबुद्ध नगरपालिका भित्र पनि को कस्ता उम्मेदवार भन्ने विषयमा मतदाता बिच छलफल सुरु भएको छ ।

यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा गठबन्धको तर्फ बाट नमोबुद्ध नगरका मेयर पदका उम्मेदवार बनेका कुन्साङ लामा नगरभर परिचित ब्यक्ति हुन् । नगर भित्र विकासका कुरामा होस् वा समाजिक कार्यका लागि किन नहोस् पहिला कुन्साङ लामा नै अगाडि सरेका हुन्छन् । आफ्नो नगर भित्र विकास र समाजिक कार्यका लागि सधैव अहोरत्र खटिने लामा यति बेला नमोबुद्ध नगरको मेयर पदमा उठेपछि नमोबुद्ध नगरबासी उनको जित सुनिश्चित रहेको बताउदै आएका छन् ।

विकास प्रेमी नेता अब नगरले पाउने भो भन्ने आशा लिएको एक मतदाताले बताए । उनी जस्तो त्यागी नेता यस नगरले पाउँदा हामी नगरबासी अब नमोबुद्ध नगर भित्र भष्ट्रचार मुक्त र सेवादायक नगरपालिका हुन्छ भन्ने आशा गरेका छौ । यही आउदो ३० गते हुन लागेको निर्वाचनमा सबैले उहाँका लागि मतदान गरौं उनले भने । जहाँ जनताको अठ्यारो त्यहा कुन्साङको आवश्यकता रहेको नगरमा उनले हरेक जनताको मन जित्न सफल भएका छन् ।

उनीलाई विकासका नाम होस् वा समाजसेवाको नाम होस् हरेक नमोबुद्ध नगरका घर घरका बृद्धबृद्धा देखि बच्चा सम्म उनको नाम नै काफी छ । उनले कहिल्यै आफू कमाउन तिर लागेन् तर जनताको मन कसरी जित्ने र नगरको विकास कसरी गर्ने भन्ने तिर मात्रै उनको ध्यान जाथ्यो ।

अन्य पार्टीका नेता शहर बसेर गाउँको खासै विकासको ध्यान नदिएको नमोबुद्धमा उनी भने गाउँघरमै बसेर जनताको हरेक दिन घरदैलोमा गएर जनताका समस्या बुझेर समाजिक कार्य गदै आएका ब्यक्ति हुन् कुन्साङ ।
नमोबुद्ध नगरभित्रका अम जनताले कुन्साङ लामा भनेको विकास प्रेमी नेता र इमान्दार नेता भनेर चिने गरेका छन् ।

