भूम्लु/स्थानिय तहको निर्वाचन अब ४ दिन मात्रै बाकी रहेको छ । दलहरु आफ्नो घरदैलो कार्यक्रम सकेर यतिबेला जनताको जनताको मत आफ्नो पक्षमा पार्न कसरतमा लागि परेका छन् । काभ्रेको भूम्लुमा यति बेला गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र) बाट प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसबाट जितेन्द्रमान लामा (दावा) उम्मेदवार बनेका छन् ।

उपाध्यक्षका उम्मेदवार दावा लामाले गठबन्धनको जित सुनिश्चत भएको बताएका छन् । ‘भुम्लुमा गठबन्धनको साझा उम्मेदवार प्रेम सर र म विजयी हुने निश्चित छ ।’ दावा लामाले भने, ‘भुम्लु गाउँपालिकाको दशै वडामा गठबन्धनको जित सुनिश्चित छ । ढुक्क भए हुन्छ ।’ विकास निर्माणको काममा भष्टाचार गर्नका लागि आफ्नो इष्टमित्र र आफ्ना घरपरिवारको डोजर प्रयोग गर्ने लगायतको हर्कत जनताले थाहा भएको लामाले बताएका छन् ।

त्यसै कारण पनि गठबन्धनको जित सुनिश्चित रहेको उनले बताएका छन् । ‘यहाँका जनताले पनि बुझेको छ । हिजोको एमालेबाट विजयी भएका जनप्रतिनिधिहरूले वडा वडामा भ्रष्टाचार गरेको छ । हिजोका अध्यक्षले गरेको ठेक्कापट्टाका भष्टाचारहरू जनताले बुझेका छन् जानेका छन् ।’ लामाले भने, ‘त्यसकारण पनि हाम्रो जीत सुनिश्चित छ जनताको घर आँगनमा जाँदा हामीले त्यही पाएका छौँ ।’ प्रतिगमन विरुद्धको लडाई भएकाले पनि हाम्रो जित सुनिश्चित भएको उनले बताएका छन् । जनताले पनि प्रतिगमनकारी र प्रतिगमनको बिरुद्धमा उभिएका पार्टीलाई जनताले राम्रोसँग चिनेका छन् ।

प्रतिगमनकारीलाई निस्तेज पार्नको लागि जनतार आतुर भएको पाएको लामाले बताए । लामा भुम्लुली जनताको मनमुटुमा बस्न सफल व्यक्तित्व हुन् । उनी भुम्लुको जनताको सेवामा उभिरहने व्यक्ति हुन् । समाज सेवामा खटिने युवा हुन् । भुम्लुको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष सामेल भईरहने युवा हुन् । भुम्लुली जनताको शुःख दुःखमा साथ रहेको छ । त्यसकारण भुम्लुली मतदाताले मतदान गरेर विजयी गराउन आतुर छन् । जस्तो सुकै कठिनाई भुकम्प होस वा कोरोना महामारीमा होस स्थानीय सरकार सुतीरहेको अवस्थामा पनि राहतका सामग्री लिएर टोल टोलमा पुग्ने व्यक्ति हुन् लामा ।




