After header

मेरो उम्मेदवारी राजनितिमा आम धुलिखेल बासीको पहुँचको लागि हो ः बस्नेत

धुलिखेल/स्वतन्त्र उम्मेदवार तर धुलिखेल बासीले रुचाएका बिदुर बस्नेतले आफ्नो उम्मेदवारी आम धुलिखेल बासीको पहुचको लागि भएको बताएका छन् । मेरो उम्मेदवारी राजनितिमा आम परिवर्तन गर्ने र धुलिखेल नगरको विकासका लागि आफू स्वतन्त्र उम्मेदवारी दिएर जनताको मतको कदर गर्न दिएको उम्मेदवारी बताएका छन् ।

यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि जनताले हाम्रालाई होईन राम्रालाई भोट दिनेमा आफू ढुक रहेको बताएका छन् । नगरको विकास र धुलिखेललाई समग्र रुपमा हेर्न चाहनेले यस पटक हाम्रा होईन राम्रा उम्मेदवारले मत पाउने उनले बताए । सबै नगर बासीका मन मुटुमा बस्न सफल रहेका बस्नेतले राजनितीमा कमाउन आउने होइन । यस नगरको विकास गर्न आउनेलाई मात्रै जनताले यस पटक विश्वास गरेर मत हाल्छन् उनले भने ।

धुलिखेल मा १२ वडा रहेको छ म स्वतन्त्र उम्मेदवार भएर सबैको घरदैलोमा पुगेको छु र मेरो अबको ५ वर्षको भिजन सहित जनताले चाहेको नगर बनाउने प्रतिबद्धता समेत गरेको छु । आफू धुलिखेल वडाको सबै घर घर पुग्दा बृद्धबृद्धा आमा बुबा, दाजुभाई, दिदीबहिनी सबैले यस पटक आफूलाई आशीवार्द दिनु भएको छ । यस पटक धुलिखेल बनाउने जिम्मा दिउला भन्ने सबै मतदाता आफूलाई बचन समेत दिएको बस्नेतले बताए ।

एक पटक पढ्नुहोस