बनेपा/नेकपा एमाले बाट बनेपा नगरपालिकामा जितेका जनप्रतिनिधीहरुलाई यति बेला पार्टीले बन्धक बनाएर राखेको छ । बुधाबार देखि वडा र नगरमा समेत कुनै जानकारी नगराई जनप्रतिनिधिहरु यति बेला कार्यालयमा नजादाँ सेवाग्राहीहरु मर्कामा परेका छन् । शानिबार हुन गईरहेको कार्यपालिका चुनाव लक्षित गदै एमाले बाट जितेका सबै जनप्रतिनिधीहरुलाई पार्टीले बन्धक बनाएर राखेको छ ।
चुनाब जितेर काम सुरु गरेको एक हप्ता पनि बित्न नपाउदै जनप्रतिनिधिहरु सम्पर्क बिहिन बन्न थालेका छन् । एमालेले शनिबार हुने कार्यपालिका चुनाबका लागि भन्दै एमाले बाट जितेका जनप्रतिनिधिहरुलाई बन्द क्याम्पमा राखेकाले एमालेले जितेका वडाहरुमा अहिले सेवाग्राहीले समस्या भोगेका छन् । बिहिबार बनेपा १० को वडा कार्यलयमा सेवा ग्राही पुग्दा वडा अध्यक्ष नहुदा तेसै फर्कनु परेको थियो ।
यस बारेमा कार्यालय सचिब संग बुझ्दा वडा अध्यक्ष बुधबार झोला बोकेर आफु दुइ तिन दिन नआउने बताउदै निस्कनु भएको हो । तर कहा र किन भन्ने आफूलाई केहि थाहा नभएको उनले बताए ।बनेपा १० मा वडा अध्यक्षका वडामा एमाले बाट चन्द्र बहादुर खड्का निर्वाचित हुनुभयको हो । यसै क्रममा नेपालि कांग्रेस बनेपा नगरपालिका वडा १० इकाई कार्यसमितिले बिहिबार वडा सचिब समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

जनप्रतिनिधि भए पछि जनताको काम छाडेर आफ्नो ब्यक्तिगत कामका लागि दुइ चार दिन सम्म कार्यालय नाउनाले सेवाग्राहीलाई समस्या परेको भन्दै यस तर्फ आफुहरुको ध्यानाकर्षण भएको बताएको छ । वडा अध्यक्ष नहुदाँ बुधबार दिउसो देखि बिहिबार र शुक्रबार सेवाग्राहीले समस्या भोगेका छन् । यसै विषयमा एमाले बाट बनेपा नगरपालिकामा उपप्रमुख निर्वाचित विमला सापकोटा दाहाललाई बुझ्दा उनले स्विकार गरेकी छिन् ।
एमालेले जितेको वडाहरुमा जनप्रतिनिधीहरु कतै नयाँ हुनुहुन्छ त्यही भएर उहाँहरुका लागि प्रशिक्षण दिनका लागि हामीले तिन दिनको कार्यक्रम राखेको हो । हामी शनिबारको कार्यपालिकाको चुनावका लागि सहभागि भएपछि सोमबार देखि सबै वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधी काममा फर्कीने उनले बताईन् ।
