भकुण्डे/नमोबुद्ध नगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसको दुई तिहाई पुगेको छ । नमोबुद्ध नगरपालिका नगरकार्यपालिका महिला र दलित तथा अल्पसंख्यक पदमा भएको निर्वाचनमा बहुमतले नेपाली काँग्रेस पार्टीको तर्फबाट ८ जना सदस्यहरु निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा गोपाल नेपाली, शुसिला परियार, शुरेश तोलाङ्गे सार्नु, असली माया मोक्तान, गीता श्रेष्ठ, बुद्ध कुमारी तामाङ, बेलीनिलम लामा र शान्ति तामाङ निर्वाचित भएका छन् । नगरपालिकामा २१ जना कार्यपालिका सदस्य हुनेमा नेपाली काग्रेसको तर्फबाट १४ जना, माओवादी केन्द्रका ३, एमाले ३ र स्वतन्त्र एक जना रहेको छ । कार्यपालिका सदस्यमा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु सदस्य रहने छन् ।
