After header

पाँचखालामा पुन निर्वाचित भएपछि महेश खरेलको दम्भ शुरु

उपप्रमुखले पदभार गर्न पाईन

काभ्रे/पाँचखाल नगरपालिकामा पुन निर्वाचित नगर प्रमुख महेश खरेलको दम्भ शुरु भएको छ । शपथ ग्रहण कार्यक्रममा राणा शैलीमा भाषण गदै उनले पाँचखाल भनेको मेयरको मात्रै हुकुम चल्ने हो । यहा कसैको केहि चल्दैन भन्ने शैलीमा शपथ ग्रहणमा भाषण गर्दा उपस्थित जनप्रतिनिधीहरुले यस पटक नगर प्रमुख होइन राजा महाराजा जिताऔं की भन्ने बुझिएको एक जनप्रतिनिधीले बताए ।

शपथ ग्रहणको भाषण मात्रै हैन उनको व्यवहार पनि राजामहाराजा भन्दा कम थिएन । शपथ सकिए लगतै पदभार गर्ने बेलामा झन उनको असली रुप प्रष्ट देखियो उनले भने । उनले शपथ ग्रहणको बेलामा सबै जनप्रतिनिधीहरु मेरो डिजाईनमा हिड्नु पर्छ । यस भन्दा अगाडि सबै मेरो आदेशमा हिडेका छन् यस पटक पनि सबै वडा अध्यक्ष लगायत सबै मेरो निर्देशनमा चल्नु पर्छ । हैन भने यस नगरमा कसैको केही नचल्ने भन्दै धम्की पूर्ण रुपमा जनप्रतिनिधीहरुलाई मञ्चबाट भाषण गरेका थिए ।

उपप्रमुखले पदभार गर्न पाईन

पाचँखाल नगरपालिकाको नवनिर्वाचित उपप्रमुख सूर्यमाया दनुवारले सपथ पछि पदभार गर्न पाएकी छैन् । नगरपालिकाका कर्मचारी र नवनिर्वाचित नगर प्रमुख महेश खरेलको अपहेलनाले गर्दा नवनिर्वाचित उपप्रमुख दनुवारले आफूले पदभार गर्न नपाएको बताईनन् । शपथ पछि लगतै उपप्रमुखको कोठामा जादाँ त कोठामा ताला लगाइएको रहेछ ।

यस भन्दा पहिला उपप्रमुख बसेको कोठामा आफ्नो कार्यकक्ष होला भनेर जादाँ ताला लगाईएको रहेछ । अनि आफ्नो कार्यकक्ष खै भन्दा नगरका प्रमुख प्रशासकीय अधिकृतले यस पटक टप तलामा उपप्रमुखको कार्यकक्ष बनाएको जवाफ दिए उनले भनिन् । यो भन्दा पहिला दोस्रो तलमा हुने अहिले किन नहुने भन्ने प्रश्नमा कर्मचारीले मेयर सापको आदेश हजुर भन्दै जवाफ दिएको उपप्रमुख दनुवारले बताईनन् । पूर्व उपप्रमुख बसेको कोठामा मेयर साप्को रिष्ट रुम बन्न लागेको ति कर्मचारीले बताएको उनले भनिन् ।
आफूलाई कुनै जानकारी नदिकन पूर्वउपप्रमुख कोठामा नराख्नु अन्यत्र सारीनुमा यसमा केही रहस्य रहेको उनले बताईन् । मलाई पहिल कै ठाउँ चाहिदैन् र टपमा आफू नजाने मेयर साप् र कर्मचारीलाई जानकारी गराएको छु । जनसम्पर्क र जनता संग पहुच युक्त स्थान खोजेको हो । महिले अरु केही महल खोजेको होईनन् । महिले पनि दुख गरेर यहाँ सम्म आईपुगेको हो उनले भनिन् ।

मलाई कुनै स्टाईड्र कोठा चाहिदैन भनेको छु । भुई तलमा भएपनि कोठा तयार गरिदिनु भनेको छु । हेरौ उहाँहरुले के गर्नुहुन्छ उनले भनिन् । चारतला माथी कार्यकक्ष बनाएर महिले कसरी सेवाग्राहिलाई सेवा दिने । बच्चा, बुढाबुढीहरुलाई चारतलामाथि कसरी आउन सक्छन् । यो सरासर मलाई असफल बनाउने षडन्त्र बनाएको हो उनले भनिन् ।

नि—बर्तमान उपप्रमुख बस्दै आएको दोस्रो तलाको कार्यकक्षलाई परिवर्तन गरी उपप्रमुख सुर्यमायाँलाई नयाँ कार्यकक्षको व्यवस्थापन गरेको थियो । कार्यकक्षको बिषयमा विवदा भई पुरानै कार्यकक्षमा पदभार ग्रहण गर्ने अडान भएपछि पदभार हुन सकेको छैन् ।

पदभार हुन नसकेको बिषयलाई लिएर नेकपा एमालेले पाँचखाल नगरकमिटिका अधयक्ष विष्णुहरी पौडलले विज्ञप्ति जारी गदै पूर्व उपप्रमुख बसेको काठा नै हुनुपर्ने बताएको छ ।

एक पटक पढ्नुहोस