After header

काठमाडौं र काभ्रेमा सात दिनमै पासपोर्ट पाइने

काठमाडौं/ परराष्ट्र मन्त्रालय अन्र्तगत राहदानी विभागले अब १५ दिनमै राहदानी (पासपोर्ट) वितरण गर्ने भएको छ ।
राहदानी विभागले आज आइतबार एक विज्ञप्ति जारी गदै अब १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने जनाएको छ । विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख छ । दैनिक रूपमा ६,५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको विभागले जनाएको छ ।

अहिले दैनिक रूपमा विभागमा आवेदन गर्नेको संख्या २,४०० रहेको र राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आकस्मिक कार्यका लागि गरी दैनिक पाँच हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको विभागको दाबी छ ।

एक पटक पढ्नुहोस