जनकपुरधाम । अदालतबाट न्याय नपाएको भन्दै एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । मिटरब्याजपीडित ती महिलाले आज (बुधबार) जनकपुरमा आत्मदाह प्रयास गरेकी थिईन् ।जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले आज (बुधबार) धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी हुन् ।
मिटरब्याज पीडितहरुले आज अदालत अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले हस्तक्षेप गर्दै उद्धार गरेको थियो ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मधुसुधन न्यौपानेका अनुसार उनलाई प्रहरीले उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल पठाएको जानकारी दिएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।
