After header

कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण

चौंरीदेउराली/ काभ्रेको चौंरीदेउराली गाउँपालिकाका किसानहरुलाई एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८।०७९ वार्षिक कार्यक्रम अन्तर्गत किसानहरुलाई ४५ वटा हाते ट्याक्टर र २ वटा थ्रेसर वितरण गरिएको छ ।

गाउँपालिकाकी अध्यक्ष रेणुका चौंलागाईं र उपाध्यक्ष शेरबहादुर लामा तामाङले किसानहरुलाई कृषि औजर वितरण गरेका हुन् । कृषिमा यन्त्रीकरण गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न कृषक समूह, कृषि फार्म र कृषकहरुलाई विगतको वर्षदेखि विभिन्न प्रकारको यन्त्रहरु वितरण गर्दै आएको छ । वितरण गर्दै गाउँपालिकाकी अध्यक्ष चौंलागाईंले कृषि क्षेत्रमा आधुनिकीकरण, यन्त्रीकीकरण गर्दै व्यवसायी करणको लागि गाउँपालिको कृषि औजर वितरण गरिएको बताइन् ।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने गाउँपालिकाको रुपमा समेत अगाडि बढाउन कृषि क्षेत्रमा गाउँपालिकाले किसान मैत्री कार्यक्रमहरु अघि सार्दै आएको प्रष्ट पारिन् । ‘किसानहरुलाई हामी निर्वाहमुखीबाट व्यवसायी बनाउन चाहन्छौं । आजसम्मको अवस्था हेर्दा कृषि क्षेत्र निर्वामुखीबाट माथि उठ्न सकेको छैन ।’ अध्यक्ष चौंलागाईंले भनिन्, ‘अब कृषिमा आधुनिकरण, यान्त्रीकरण गर्दै व्यवसायी करण गर्न जरुरी छ ।

यसैलाई मध्यनजर गर्दै आज ट्याक्टर वितरण गरिएको हो । यो शुरुवात हो ।’यसैबीच गाउँपालिका उपाध्यक्ष तामाङले किसानको समस्यासँग गाउँपालिका सधैंभरि सँगै हुने बताए । कृषिमा निर्भर रहेको गाउँपालिका अब कृषिलाई व्यवसायीकरण गरेर सबै किसानहरुलाई उद्यमी बनाउनेमा जोड दिए ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम, कृषि शाखा प्रमुख उर्मिला रोका मगर, कृषि प्राबिधिक अन्जना चौलागाईं, रोजकुमार शर्मा, किशोर कोइराला, पशुशाखा प्रमुख मनमोहन कामी, सुदिप तिमल्सिना, नवराज गौतम, उद्यम बिकास सहजकर्ता बिरबहादुर सार्की लगातयका सहभागी थिए ।

एक पटक पढ्नुहोस