After header

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु

जापान/गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्यु भएको छ ।

शुक्रबार बिहान चुनावी अभियानअन्तर्गत नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नलाई एक ४२ वर्षका युवकले पछाडीबाट गोली प्रहार गरेका थिए । ती युवक हाल प्रहरी नियन्त्रणमा छन् । आबेलाई गोली प्रहार गर्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

एक पटक पढ्नुहोस