After header

गजल

 

  •  लीलाराज दाहाल

बिझाउँदैन पचिसक्यो गाली आजभोलि

पानी होइन आँसु बग्छ खाली आजभोलि !

ईमान, जमान मासियो हराए ईमानदार

सलबलाउँछन् यताउता जाली आजभोलि !

समयकाल साह्रै अचेल खराब भएको छ

रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि !

गुमनाम छन् नैतिकताका पुजारीहरु त

ठग, सैतानहरु पाउँछन् ताली आजभोलि !

फूल फुल्नै छाडिसक्यो उजाड भो वाग

कुर्सी खोस्नै व्यस्त छन् माली आजभोलि

  • वागमती ,सर्लाही
एक पटक पढ्नुहोस